

मोरिन्होको बर्खास्तीपछि चम्किए पोग्वा, भन्छन्ः म्यानुमा रमाउन थालेको छु

एजेन्सी, १६ पुस । गएराति भएको इंलिस प्रिमियर लिगमा जित हात पारेपछि पोउल पोग्वाले आफ्नो प्रतिक्रिया दिएका छन् । पछिल्ला तीन खेलमा पाँच गोल गरेका पोग्वाले भनेका छन्, ‘हामीले खेल जित्न आवश्यक थियो जुन जितिरहेका छौ ।
मोरिन्हो गएपछि खेलाडीहरु रमाउन थालेका छन् भने खेलमा पनि उत्तिकै सुधार देखिएको छ ।’प्रशिक्षक होसे मोरिन्हो बर्खास्तपरेपछि म्यानुले तीन खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
यो सिजन खराब खेल प्रदर्शन गरेको म्यानुमा मोरिन्हो र पोग्वाबीचको विवाद उत्कर्षमा पुगेको थियो । विवादमा उत्कर्षमा पुगेपछि बार्सिलोना जाने तयारीमा पोग्वा पुगेका थिए । त्यस्तै मोरिन्होले पनि पोग्वालाई कटाक्ष गर्ने तथा पहिलो रोजाइमा नपार्ने निर्णय लिएका थिए ।
तर, पोग्वाले पछिल्ला तीन खेलमा आफ्नो महत्व क्लबमा कति रहेको छ प्रमाणित गरेको फुटबल विश्लेषकहरुले बताएका छन् ।मोरिन्होको बर्खास्तीपछि चम्किएका पोग्वाले पनि आफु खेलमा रमाउन थालेको र क्लबले खेलमा पनि सुधार गरेको बताएका छन् ।
December 31, 2018 10:17 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

