Wednesday 18th March 2026

देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई यस्तो सम्मान

7 years अगाडी

ललितपुर । थाइल्यान्डमा पदक जितेपछि श्रीमान गम्भिरको धुन बजेपछि चर्चामा आएका महेश्वर श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेका छन । भेटमा प्रचण्डले देशको इज्जत राखेको भन्दै का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा विश्व स्तरको प्रतिर्स्पधामा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन । शारीरिक सुगठनमा हालै मात्र आयोजना भएको विश्व स्तरको प्रतिष्पर्धामा स्वर्ण पदक विजेता महर्जन प्रचण्ड निवास खुमलटारमा अध्यक्षलाई भेट गर्न पुगेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिएका हुन ।

“तपाईले उत्कृष्ट कौशल देखाउनुभयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ ।” अध्यक्षले भेटका अवसरमा भने, “विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।” आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताए । राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउँदै अध्यक्षले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने जनाए ।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गरेका छन । महर्जनले मिस्टर युनिभर्समा सहभागी हुने इच्छा रहेको समेत उक्त अवसरमा बताए । अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन । अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत बताए ।

          December 31, 2018 2:30 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...