१०० करोडको क्लबमा सामेल हुँदै रणवीरको फिल्म ‘सिम्बा’
एजेन्सी। रणवीर सिंहको फिल्म सिम्बाले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले चार दिनमा ९६.३५ करोड रुपैयाँ कलेक्शन गरेको छ। ट्रेल एनालिस्ट तरण आदर्शका अनुसार फिल्म चाँडै सय करोड क्लबमा पुग्नेछ।
रणवीर सिंहले आफ्नो करियरमा मात्र १४ फिल्ममा काम गरेका छन्। रणवीर निकै विलासी जीवन बिताउन मन पराउँछन्। उनीसँग करोडौं रुपैयाँका बंगला र कार छन्।
रणवीरको गोवामा एक बंगला छ, जसको मूल्य ९ करोड रुपैयाँ हो। त्यसबाहेक मुम्बई गोरेगाँउमा उनको एउटा प्mलाट छ। जसको मूल्य दश करोड रुपैयाँ पर्छ। प्रभादेवी, मुम्बईमा सी–फेसिङ र एउटा फ्याट छ, जसको मूल्य १५ करोड रुपैयाँ पर्छ। दीपिका पादुकोणसँग विवाहपछि दीपवीरले मुम्बईमा एउटा ५० करोडको बंगला किनेका छन्।
रणवीर सिंहले आफ्नो फिल्मी करियरमा मात्र १४ वटा फिल्ममा मात्र काम गरेका छन्। उनले २०१० मा रिलीज भएको फिल्म ‘ब्याण्ड बाजा बरात’ बाट बलिउडम डेब्यू गरेका थिए। त्यसबाहेक उनले लेडीज भर्सेस रिकी बहल। रामलीला। गुण्डे, दिल धड्कने दो, बाजीराव मस्तानी, पद्मावत, सिम्बालगायतका फिल्ममा काम गरेका छन्।
January 2, 2019 12:21 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग