

बजारको अभावमा तरकारी खेती गर्दै आएका कोशापारी काभ्रेका किसान निरास हुँदै ।

शुक्र मोक्तान/ टेकराज मोक्तान,
काभ्रे – राजधानी नजिकैको जिल्ला काभ्रे पलाञ्चोकको सुदुर उत्तर-पूर्वमा रहेको विकट क्षेत्र चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसानले दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाए पछी किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् । स्थानियले आफ्नो बारीमा फलाएको गोलभेँडा, काउली, खुर्सानी, प्याज, लसुन, काँक्रो लगायतका तरकारी स्थानीयस्तरमा बिक्री नहुने र बजार सम्म पुर्याउनका लागि सवारी साधनको सुविधा नहुँदा बिक्री गर्न नसकिएको स्थानिय किसान बताउँछन् ।
नाग्रेगगर्चेका किसान मानध्वज लामाले उत्पादन गर्दै आएको तरकारी गाउँमा नै बिक्री गर्दै आएको भएपनि सोचेअनुसार बिक्री नहुँदा निराश भएको बताउँछन् ।उनि लामो समय खाडी मुलुक साउदी अरबको बसाई पश्चात स्वदेशमै केही गर्ने लक्ष्य लिएर आफ्नै गाउँ फर्केका थिए। धेरै उत्पादन गर्दा भने जस्तो बिक्री नभए पछी अलिअलि गरेर तरकारी उत्पादन गर्दै आएको लामाले बताए।उक्त गाउँमा धेरैजसो तरकारीखेती आफूले गरेको र अरु स्थानियलाई पनि तरकारी उत्पादन गर्न सुझाव दिएको बताउने लामाले आफ्नै कारणले खेती गरेको गाउँलेको तरकारी बिक्री नभएपछि सबैजनाले उनलाई गाली गरेको उनको भनाइ छ ।
“उत्पादित तरकारी बजारमा पठाऔँ ढुवानीको समस्या छ, नपठाऔँ त उत्पादन भएको तरकारी बिक्री हुँदैन’’ उनले थपे “पहिला केही व्यक्तीले हामीलाई तरकारी धेरै उत्पादन गर्न सकेको खण्डमा हामी बजार व्यवस्थापनको लागी पहल गर्छौं भनियो तर अहिले कसैले पनि वास्ता गर्दैन् ।” तरकारीको लागी बजार नपाएपछि त्यहाँका किसानले शहरमा बस्ने छोराछोरीलाई पठाउनेदेखि आफन्तलाई बाँडेर सिध्याएको गरेको उनले बताए ।
अर्का किसान अशोक मोक्तानले टनेल खेतीमा काँक्रो र गोलभेँडा लगाएर राम्रो उत्पादन गरेपनि सोचेजस्तो बजार नपाएको बताए ।
अलिअलि त गाउँमा नै भएको स्थानिय होटलमा त केही मात्रामा गाउँमा केहीले किन्ने गरे पनि फलेका तरकारी सबै बिक्री गर्न नसक्दा त्यसलाई व्यवस्थापन गर्न नै समस्या हुने गरेको उनको भनाइ छ ।मोक्तानका अनुसार उत्पादित तरकारी बिक्री हुन सके किसानमा थप जागरुक पैदा हुन्थ्यो, तर आफूले गर्छु भने पनि ढुवानीको समस्याका कारण बजार व्यवस्थापन नभएपछि किसानहरुमा तरकारी खेतीप्रतिको आकर्षण घट्दै गएका छन्।उनि
कवानपुरको टिस्टुङ पालुङमा बिगत दुई वर्ष तरकारी खेती गर्दै आएका थिए। आफ्नै जन्म थलोमा एक उदाहरण बन्ने सोंच लिएर गाउँ फर्केका उनले अनुकुल वातावरण पाउन नसकेको उनले बताए ।
स्थानियले वडा कार्यालय सँग तरकारी सङ्कलन केन्द्र बनाइदिन माग गरेका छन् भने उक्त वडाका वडाध्यक्ष दिनेश लामाले किसानले उत्पादन गरेको तरकारीलाई बजारसम्म पुर्याउनको लागि तरकारी सङ्कलन केन्द्र स्थापना गर्ने विषयमा सङ्कलन केन्द्र खोल्न बजेटको व्यवस्था गरिसकेको र गाउँपालिकाले यसैवर्ष नौँ वटा वडामा एक/एक सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्याइएको बताए।
सो क्षेत्रमा तरकारी खेतीका लागि सहयोग गर्दै आएका संस्था “कारितास नेपाल” का जिल्ला संयोजक सुवास सापकोटाले स्थानिय किसानको आयआर्जनमा टेवा पुर्याउनको लागि सहयोग गर्दै आइरहेको बताए । कोशीपारीका साविक तीन गाविस सानोवाङथली, नाग्रेगगर्चे र माझीफेदामा पशुपालनसम्बन्धी बाख्रा किन्न र गोठसुधार गर्न एवं कृषि क्षेत्रमा बीउबीजन र टनेल सेट दिएर “कारितास नेपाल” ले सहयोग गर्दै आएका छन्। त्यससँगै फलफूल र मौरीपालन लगायतका कामको लागी सहयोगार्थ प्रतिघर रु बाईस हजारको दरले तीन वटा वडाका एक हजार तीन घरधुरीलाई आर्थिक सहयोग गरेको संयोजक सापकोटाले बताए।सहयोगी सस्ंथा कारितासले तरकारी खेतीको लागि सहयोग गरी थप हौसल्ला दिन प्रयासरत रहेको सापकोटाले बताए ।
January 2, 2019 11:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

