

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

काठमाडौँ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । हिजो सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ ।
नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि एक हजारदेखि आवश्यकताअनुसार एक हजार ५०० रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।
उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजना ९ल्याण्ड पुलिङ० को माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।
त्यसको लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सबै कानूनी तथा प्राविधिक कार्य सम्पन्न गरी अबको १५ दिनभित्रमा डिपिआरको प्रक्रियामा जाने समेत सहमति भएको छ ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताए । उएले केही व्यक्तिले उक्त स्थानमा रङ्गशाला बनाउननहुने भन्दै जानकारी गराएको उल्लेख गर्दै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्न नहुने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रङ्गशाला तथा कवर्ड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिए । उनले नेपाल मजदुर किसान पार्टीले अनावश्यक रुपमा भक्तपुरमा विकास विरोधी कार्य गर्ने गरेको जानकारी गराउँदै विकास विरोधी नगन्य मात्रामा रहेको सङ्ख्यालाई सरकारले आवश्यकताअनुसार बल प्रयोगसमेत गर्नुपर्ने बताए।
कार्यक्रममा नगरपालिकाका प्रमुख वाशुदेव थापाले भक्तपुरमा भएका इँटा उद्योगका कारण वातावरण प्रदुषणको मात्र बढ्दै गएको बताए । उनले भक्तपुरलाई विकसित बनाउन आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाए ।
January 3, 2019 1:25 pm | खेलकुद,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

