बिग ब्याशकाे बीचैमा बंगलादेश पुगेका सन्दीपकाे बीपीएलका खेलहरु आइतबारदेखि
अष्ट्रेलियाको बिग ब्याशमा चार खेल खेलेर बंगलादेश पुगेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् । उनी बिग ब्याशमा चार खेलमा आठ विकेट लिएर बीचमा नै पूर्व सहमति अनुसार दक्षिण एसियामा हुने दोस्रो ठूलो फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग खेल्न पुगेका हुन् । तर उनले बंगलादेश प्रिमियर लिग पनि पूरै खेल्नेछैनन् ।
फेब्रुवरी ८ सम्म चल्ने प्रतियोगिताको बीचमा नेपालले यूएईसँग अन्तराष्ट्रिय सिरिज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै यूएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछन् । नेपालले २५ जनवरीमा पहिलो एक दिवसीय खेल्नेछ भने २६ मा दोस्रो र २८ मा तेस्रो खेल खेल्नेछ ।
यस्तै जनवरी ३१ देखि फेब्रुवरी तीनसम्म तीन टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनी फेरि अष्ट्रेलिया फर्किने संभावना प्रवल रहेको छ । बिग ब्याशका अन्तिम चरणका खेल फेब्रुवरी १८ सम्म चल्नेछन् ।
January 3, 2019 3:13 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :