मलेसियामा सहकर्मी महिलाको ब्रा तानिदिएपछि २५ वर्षिय नेपाली युवालाई १ लाख रुपैयाँ जरिवाना
क्वालालम्पुर। मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाले काम गरिरहेको ठाउँमै सहकर्मी महिलाको ब्रा तानिदिएपछि १ लाख ८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
२५ वर्षका प्रताप थोकर नामका ती युवालाई यो हर्कत निकै भारी पर्यो । ती महिलाले हिजो उनीविरुद्ध पुलिसमा उजुरी गरिन् । यहाँको मजिस्ट्रेट अदालतले उनलाई ४ हजार रिंगिट जरिवानाको सजाय सुनाएको छ ।
यो रकम तिर्न नसके उनी ५ महिना जृल बस्नुपर्नेछ । मजिस्ट्रेट मोहम्मद इखवान मोहद नासिरले प्रतापलाई दोषी ठहर गर्दै सजाय सुनाएका हुन् ।
ती नेपाली युवा एक फ्याक्ट्रीमा केक बनाउने काम गर्दै थिए यही क्रममा उनले महिला सहकर्मीको ब्रा तानिदिएका हुन् । यो घटना १६ डिसेम्बरमा यहाँको तमान मयाङ केल्ना जयामा रहेको केक फ्याक्ट्रीमा भएको थियो । यहाँ ती दुवैले केक बनाउने काम गरिरहेका थिए ।
यही क्रममा केही काम परेपछि प्रतापले ती महिलालाई बोलाएका थिए ।
तर, महिलाले उनको कुरा नसुनेपछि उनले महिलाको ध्यान आकर्षण गर्न उनलाई तानेका थिए । प्रतापले जरिवाना तिरे वा तिरेनन् भन्ने प्रस्ट भइसकेको छैन ।
January 4, 2019 12:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान