१५ वर्षीया किशोरी बलात्कार गर्ने वृृद्ध पक्राउ
7 years अगाडी
Susma Dhakal
चितवन । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्।
पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए।
बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
ती किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको गराउने आश्वासनमा घरमा बोलाउने र जबर्जस्ती गर्नाका साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आर्कषित हुँदै आएको बताएकी प्रहरीले जनाएको छ। रासस
January 4, 2019 1:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
Loading...