Wednesday 18th March 2026

चन्द्रागिरिको दीपक कपास उद्योगमा आगलागी

7 years अगाडी

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१६ स्थित दीपक कपास उद्योगमा आगलागी भएको छ। काठमाडौँ प्रहरी परिसरका अनुसार आज साँझ लागेको उक्त आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन्।

आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दमकल र खानेपानीका ट्याङ्करको प्रयोग गरिएको छ। उक्त आगो कसरी लागेको र के–कति क्षति भएकोबारे विवरण आउन बाँकी छ।

          January 4, 2019 1:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...