Wednesday 18th March 2026

वाइडबडी खरिद प्रकरण : लेखा समितिको बैठक बस्दै

7 years अगाडी

काठमाडाैं, २० पुस । संसदले दुई वटा वाइडबडी जहाज खरिद गर्दा भएको अनियमितताका सन्दर्भमा छलफल गर्दैछ । संसदको सार्वजनिक लेखा समितिले उप–समितिले बुझाएको प्रतिवेदनका आधारमा आज छलफल गर्न लागेको हो । लेखा समितिले बिहान ११ बजे बैठक बोलाएको छ ।

यसअघि गठन भएको उपसमितिले ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष निकालेका थियो । अनियमिततामा संलग्न रहेको ठहर गर्दै बहालवाला मन्त्री र दूई पूर्व मन्त्री सहित ३४ जनालाई कारवाही सिफारिस गरिएको छ ।

संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले विमान खरिदका विभिन्न चरण र प्रक्रियामा ती पदाधिकारीको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीहरु दोषी रहेकाले उनीहरुलाई तत्काल निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिएको उपसमितिका संयोजक राजेन्द्र कुमार केसीले बताए । उपसमितिको प्रतिवेदनको आधारमा आज छलफल हुने र सरकारलाई निर्देशन दिने तयारी छ ।

          January 4, 2019 1:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...