दीपिका र रणबीरको भविष्य: बिहेपछि पनि फिल्ममा किस गर्नेबारे प्रश्नको उत्तरमा दीपिकाले दिइन यस्तो जवाफ
एजेन्सी – बलिउडको नवविवाहित जोडी दीपिका पादुकोण र रणबीर सिंहको भविष्यको योजनाबारे जान्न प्रशंसकहरु उत्सुक छन् । रणबीर सिंहले सन्तानको योजनाबारे हालै कुरा गरेका थिए भने अब दीपिकाले विवाहपछि अनस्क्रिन किसिङमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा जब दीपिका पादुकोणलाई अब फिल्मसँगको कन्ट्र्याक्टमा ‘अनस्क्रिन नो किसिङ क्लज’ (पर्दामा अब चुम्बन नगर्ने शर्त) जोड्नुहुन्छ भन्ने प्रश्न सोधियो । यसको उत्तरमा दीपिकाले ‘छि’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।
दीपिकाको यस्तो प्रतिक्रियाले स्पष्ट हुन्छ कि विवाहपछि पनि उनी आफ्नो व्यवसायिक जीवनमा कुनै शर्त लागु गर्ने छैनन् । विवाहअघि नेहा धुपियाको टक शोमा दीपिका पादुकोणले रणबीर सिंह बलिउडमा उत्कृष्ट किसर हुन भनेकी थिइन् ।स्मरण रहोस्, विवाहपछि सेफ अली खानले नो किसिङ क्लज राखेका थिए । सलमान खान पनि अनस्क्रिन चुम्बन गर्न रुचाउँदैनन् ।
सन्तानको योजनामा रणबीरले दिएका थिए यस्तो जवाफः रणबीरले एक कार्यक्रमको क्रममा सन्तानको योजनाबारे खुलेर कुराकानी गरे । उनले भनेका थिए, ‘यो निर्णय मेरो कम र दीपिकाको धेरै हुनेछ । यसबारेको कुनै पनि निर्णय मैले दीपिकामाथि छोडेको छु ।’उनले थपे, ‘दीपिका हरेक मामलामा मभन्दा उत्कृष्ट छिन् । उनी मभन्दा समझदार छिन् भनेर स्विकार्न पनि मलाई कुनै आपत्ति छैन । ’
January 4, 2019 2:00 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग