आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ
काठमाडौँ, २० पुस । ९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उहांको उक्त कामलाई भेट्न जाने सबैले नमुना काम भएको भन्दै उहांलाई सानत्वना दिएका छन ।
सैनिक अस्पतालबाट सेवानिवृत्त हुनुभएकी पूर्व नर्स सबिना फुँयाल केसी यतिखेर आफ्नी दिवंगत आमाको काज किरीयामा सेतो पहिरन लगाएर कोरामा बस्नुभएको छ । उहाँकी आमा विष्णुकुमारी फुँयालको पुस १३ गते निधन भएको थियो ।
घ्याङ्ग सुकाठोकर दोलखाकी विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आउनु भएको थियो । सविनाका ३ जना दिदी बहिनीहरु पनि छन् तर किरीयामा सविना एक्लै बस्नुभएको छ ।
वीरेन्द्र सैनिक अस्पतालमा लामो समय काम गरी ९ वर्षअघि सेवा निवृत्त हुनु भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आउनुभएको थियो । अन्तत सन्तान हुनुको कर्तव्य निर्वाह उहांले गर्नुभएको छ ।
January 4, 2019 2:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग