सबै महिला ‘लक्ष्मी बाई’ बन्नुपर्छः कंगना रनावत
एजेन्सी, पुस । बलिउड क्वीन कंगना रनावटले मिटु अभियानमाथि एउटा बयान दिएकी छिन् । कंगनाले सबै महिला ‘लक्ष्मी बाई’ बन्नुपर्ने बताइन् ।
उनले भनिन्,‘जो मानिसलाई वास्तवमा सहायता वा कुनै पनि प्रकारको मद्दतको आवश्यकता छ उसलाई हामीले साथ दिनुपर्छ । आज हामीलाई सशक्त बन्न खाँचो छ, तर हाम्रो समाजमा यदि कोही लक्ष्मी बाईले जस्तो काम गर्दैछ भन्ने उसलाई हामीले सम्मान गर्नुपर्छ ।’
आफूमाथि भएको शोषणको बारेमा कुरा गर्दै कंगनाले भनिन्,‘जब म १६ वर्षकी थिए तब मैले पहिलोपटक एफआइआर दर्ता गराए । आफ्नो हकका लागि उभिने जोकोहीँलाई हामीले सम्मान गर्नुपर्छ ।’
उनले सशक्तिकरणको आवश्यक भएकाहरु पहिले आफै सशक्त हुनुपर्ने बताइन् ।
कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ आगामी २५ जनावरीमा रिलिज हुँदैछ । यो फिल्ममार्फत कंगनाले निर्देशनमा पनि कदम राखेकी छिन् र उनले आगामी दिनमा अन्य धेरै फिल्मको निर्देशन गर्ने अपेक्षा राखेकी छिन् ।
January 5, 2019 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी