नागिनकी मौनीको यो रुप देखेपछि फ्यानको प्रश्न, यिनले खाना पाउँदिनन् की के हो?
एजेन्सी । अक्षय कुमारसँग फिल्म गोल्डमा काम गरेकी अभिनेत्री मौनी रोयको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।यस तस्वीरमा मौनी रेड कलरको आउटफीटमा निकै गार्जियस देखिएकी छन् । तर, उनको फिगरलाई लिएर मजाक उडाइएको छ । एक यूजरल कमेन्ट गर्दै लेखेको छ, ‘यी कुपोषणको शिकार भएकी छन् ।’ अर्को यूजरले लेखेका छन्, ‘हड्डीको ढाँचा जस्ती’ ।
मौनीले २००७ मा क्योंकी सास भी कभी बहू थीबाट सानो पर्दामा प्रवेश गरेकी थिइन् । तर, उनलाई पहिचान भने नागिनले दिलाएको थियो । उनले २००८ मा जरा नचके दिखा, कस्तुरी, २००९ मा पति पत्नी औ वो, २०१० मा दो सहेलियाँ, फिर कोई है मा काम गरेकी थिइन् ।यस्तै २०११ मा देवो के देव महादेव र २०१२ मा जुनूनः एसी नफरत को कैसा इश्कमा काम गरेकी थिइन् ।
मौनीले फिल्मी करिअरको शुरुआत अभिषेक बच्चसँग गरेकी थिइन् । २००४ मा रिलिज भएको फिल्म रनको एक गीतमा अभिषेकसँग मौनीको छोटो भूमिका थियो । २००७ देखि हालसम्म ११ वर्षमा मौनीले आफूमा निकै परिवर्तन गराएकी छन् । कुरा उनको लुक्सको गर्ने हो भने फिल्म गोल्डका लागि उनले आफुलाई विशेष किसिमले तयार पारेकी छन् । समाचारअनुसार उनले डाइटमा परिवर्तन गर्दै तौल पनि घटाएकी छन् । रिपोट्र्सअनुसार उनले फेसको सर्जरी पनि गराएकी छन् ।
मौनीका अपकमिंग फिल्महरुमा रोमियो अकबर वाल्टर, मेज इन चाइना, मोगुल र ब्रह्मास्त्र हुन् । सामाजिक सञ्जालमा उनको तस्वीरमा आएका कमेन्टहरु यसप्रकार छन् ।
कतै हावा नउड्नु, नत्र खोज्न जानु पर्छ । गरीबसँग खाना खान पैसा हुँदैन यिनीहरुसँग पैसा त छ खाना भने खाँदैनन्, के काम यस्ता पैसाको, गरीबलाई बाँडिदेउ । केही रोग लागे जस्तो छ अथवा खाना पाएकी छैनन् ।
कस्मेटिक सर्जरीको पसल । पोलियोकी रोगी लागेकी छन् । पहिला राम्राी लाग्थिन्, तर, अब धेरै एटीट्यूड देखाउँछिन् । प्लास्टिक सर्जरीवाली केटी ।
January 5, 2019 11:41 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग