Sunday 21st December 2025

बलात्कारवाट जोगाउने यस्तो मेशिन कसैले पछ्याए, छोए र जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ

7 years अगाडी

काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो मेशिन बनाएका छन् ।

विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको भिड लागेको छ ।काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा राखेको सो मेसिन अहिले सबैको आकर्षण बनेको छ । अर्जुनले सो मेसिनलाई एन्टी रेप मेसिन राखेका छन् । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन्।

उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। त्यो पेटिले मानिसले पछ्याएको, छोएको र जबरजस्ती गर्न खोजेको सबै कुरा बताइदिन्छ । मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा राखिएका कारण कसैले फलो गरे देखि नै म्यासेज दिन सुरु

गर्छ । कसैले फलो गरेको खण्डमा पनि यो मेसिनले जानकारी दिने प्रविधि उनले यसमा विकास गरेका छन्। जवर्जस्ती पेटी खोल्न खोजे करेन्ट लाग्ने र कसैले रवडको पन्जा लगाएर जवर्जस्ती गर्न खोजे म्यासेज जाने सम्मको प्रविधि आफुले विकास गरेको उनले बताए

          January 5, 2019 12:06 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...