

आठौ राष्ट्रिय प्रतियोगिताका लागि गुल्मीबाट छानिए खोलाडी

रमेश विश्वकर्मा
गुल्मी, पौष । जिल्ला खेलकुद विकास समिति गुल्मीले प्रदेश छनौटका लागि जिल्लामा खेलाडी छनौट गरेको छ । समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को लागि विभिन्न विधाका खेलमा खेलाडी छनौट गरेको हो । समितिले विभिन्न विधाका खेलमा १ सय ४२ जना छनौट गरेको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ ।
जसमा डब्ल्यु टिएफ तेक्वान्दो पुरुष महिला, कबड्डी पुरुष महिला, फुटबल पुरुष, एथ्लेक्सि पुरुष महिला, टेबल टेनिस पुरुष, ब्याडमिन्टन पुरुष, वसिङ्ग पुरुष, क्रिकेट पुरुष, आइटीएफ तेक्वान्दो पुरुष महिला, कराँतेपुरुष महिला र भलिबल पुरुष महिलाको लागि खेलाडी छनौट गरेको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
खेल गत मंसिर २५ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । जसमध्ये अहिले छनौट भएका खेलाडीको नाम सार्वजनिक गरिएको खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिकले बताए । खेलकुद विकास समिति गुल्मीले डब्ल्यु टिएफ तेक्वान्दो पुरुषतर्फ : दिपेन्द्र चुदारा, अरुण ताम्राकार, झविन्द्र रेगामी, दिपेश पुन, मनोज पाण्डे, देव सोमै, भिमप्रकाश राना र खेतबहादुर राकसकोटीलाई छनौट गरेको छ ।
त्यस्तै डब्ल्यु टिएफ तेक्वान्दोतर्फ कै महिलातर्फ ः दिपा पुन, कश्मिरा थापा, माया बुढा, सपना सारु, सुजन्ता बलाल, रन्जना नेपाली, पद्मा पुन र मनिषा राकसकोटी गरि जम्मा १६ जनालाई छनौट गरेको छ ।
त्यस्तै कबड्डी पुरुषतर्फ ः गणेश पुन मगर, सन्दिप भर्ताल, श्यामलाल बुढा मगर, सन्तोष मुखिया, आकाश बुढा मगर, प्रज्वल विक्रम कँुवर, तिलक थापा, महेश कँुवर, कमल पाण्डे र मोहन थापालाई छनौट गरेको छ । कबड्डी महिलातर्फ ः सिता राना, सविना क्षेत्री, चुरीकुमारी राना, हरिमाया सिंजाली, दुर्गा बिक, अरुण रायमाझी, सचिना क्षेत्री, मञ्जु राकसकोटी, रन्जना बिक र कल्पना कार्की गरि जम्मा २० जनालाई छनौट गरेको छ ।
फुटबल पुरुषतर्फ : नविन श्रेष्ठ, कपिल राकसकोटी, आशिष श्रेष्ठ, शिशिर थापा मगर, विनोद केसी, अमृत मरासिनी, कल्याण भुजेल, महेन्द्र केसी, विशाल अधिकारी, जीवन खड्का, रमेश चुदारा, विनय बस्नेत, युवराज बुढा मगर, सन्तोष बिक, गणेश पाण्डे र अभिषेक श्रेष्ठ गरि जम्मा १६ जनालाई जिल्ला खेलकुद विकास समिति गुल्मीले छनौट गरेको छ ।
त्यस्तै एथ्लेक्सि पुरुषतर्फ : ओम बहादुर नगकोटी र महिलातर्फ : दुर्गाकुमारी भर्ताल, धनमाया राना र गीता बिक छनौट भएका छन । टेबल टेनिसतर्फ ः मीनबहादुर वुचा र अनिल भण्डारी छनौट भएका छन । ब्याडमिन्टन पुरुषतर्फ : झमन फौजा मगर, बैकुण्ठ श्रेष्ठ र विवेक शर्मालाई छनौट गरिएको छ ।
वसिङ्गतर्फ ः कुमार बुढा, रविन्द्र बुढा, टोपबहादुर काला, निमप्रसाद राहादी र सुर्यबहादुर काला गरि ५जना छनौट गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ । त्यस्तै क्रिकेटतर्फ असिम वास्ताकोटी, सरोज पौडेल, राहुल भट्टराई, रमेश कामी, त्रिदेव कार्की, असविन हमाल, कौशलसिंह सार्की, आकाश खड्का, महेन्द्र सुवेदी, अर्जुन गिरी, सुसन्देश पुन, ज्योती भण्डारी, शंकर बिष्ट, प्रकाश कार्की, सुवास विक, सन्तोष सोमै, लालबहादुर भुजेल, रमेश श्रीस र प्रकाश सुर्यवंसी गरि १९ जना छनौट भएका छन ।
आइटीएफ तेक्वान्दो पुरुषतर्फ ः विरेन्द्र कुँवर, श्रीप्रसाद बुढाथोकी, विकल पौडयाल, सागर श्रेष्ठ, प्रविन श्रेष्ठ, प्रवेश गौतम, अषिम वुचा मगर, सुरेश सोमै र महिलातर्फ ः सविना श्रेष्ठ, पुजा रसायली, सर्मिला बुढाथोकी, सिमा खासु, रचना सोमै, सृष्टि पन्थ, सुस्मिता राना र प्रतिक्षा दर्लामी गरि १६ जना छनौट गरिएको छ ।
त्यस्तै कराँते पुरुषतर्फ भिबहादुर बलाल, विजय सारु, जङ्गबहादुर राना, लक्ष्मण थापा सोमै, रोहित श्रेष्ठ, अमर पल्ली, चन्द्रबहादुर रासकोटी, महिलातर्फ ः अन्जना सारु, आरती खत्री, रक्षा शाही ठकुरी सरस्वती सारु, दिपा राना मगर र गिता पुवारे छनौट भएका छन ।
कराँतेतर्फ नै टिम कातामा रमेश श्रीस, ओमबहादुर राना, कुमार थापा, सपना रिजाली, पुर्णकला घर्ति मगर, शोभा पल्ली, सिंगल कातामा मोहन घर्ति मगर र भगवती राना छनौट भएका छन ।
त्यस्तै भलिबल पुरुषतर्फ : नारायण सिंजाली, दिपेन्द्र सिंजाली, मौसम कँुवर, कृष्ण बिक, सन्दिप बिक, राजु रजाली, कमल श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, डोलबहादुर थापा र श्रीकृष्ण छन्त्याल छनौट भएका छन ।
भलिबल कै महिलातर्फ खिमा थापा, माया थापा, देउरुपा राहादी, सिता तरामु, सृजना राहादी, खुस्वु पुलामी, विन्जु थापा, मीना पोख्रेल, सम्झना पोख्रेल र कल्पना थापा छनौट भएको खेलकुद विकास समिति गुल्मीका अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रदेश छनौटको खेल आउँदो माघमा हुने अध्यक्ष भण्डारीले जानकारी दिएका छन ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

