Wednesday 18th March 2026

बेवारिसे अवस्थामा नवजात शिशु फेला

7 years अगाडी

चितवन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको छ।

शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ।

          January 5, 2019 4:12 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...