दीपिकासहित यी ६ अभिनेत्रीका विषयमा नयाँ खुलासा
एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण आज आफ्नो ३३ औं जन्म दिन मनाइरहेकी छन्। दीपिका यतिबेला त्यो उचाइमा छन् जुन उचाइ उनी स्वयंको मेतहनले निर्माण भएको हो। दीपिकाले बलिउडमा कयौं हिट फिल्म दिएकी छन्। तर के तपाइँलाई थाहा छ, दीपिकाले बलिउडबाट नभई दक्षिण भारतीय फिल्मबाट डेब्यू गरेकी थिइन्। दीपिकाले मात्रै होइन, अन्य केही बलिउड अभिनेत्रीले पनि दक्षिण भारतीय फिल्मबाट डेब्यू गरेका थिए। आज हामी कुन कुन अभिनेत्रीले दक्षिण भारतीय फिल्मबाट डेब्यू गरेका थिए भन्ने विषयामा जानकारी दिँदैछौं।
दीपिका पादुकोण : अभिनेत्री दीपिकाले आफ्नो फिल्मी करियरको सुरुवात कन्नड फिल्मबाट गरेकी थिइन्। २००६ मा रिलीज भएको फिल्म ‘ऐश्वर्या’ बाट दीपिकाले डेब्यू गरेकी थिइन्। उक्त फिल्ममा नायक थिए उपेन्द्र। बलिउडमा दीपिकाको डेब्यू फिल्म ‘ओम शान्ति ओम’ बाट भएको थियो। यो फिल्ममा उनको अपोजिटमा शाहरुख खान मुख्य भूमिकामा थिए। उक्त फिल्ममा दीपिकाले पारिश्रमिक लिएकी थिइनन्।
ऐश्वर्या राय बच्चन : ऐश्वर्याले आफ्नो फिल्मी करियरको सुरुवात १९९७ मा तमिल फिल्म ‘इरुवर’ बाट सुरु गरेकी थिइन्। जसमा मणि रत्नमले निर्देशन गरेका थिए। उक्त फिल्ममा ऐश्वर्याको अपोजिट रोलमा नायक मोहनलाल थिए। जो मलयालम फिल्ममा सुपरस्टार हुन्।
प्रियंका चोपडा : बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल प्रियंका चोपडाले पनि दक्षिण भारतीय फिल्मबाट नै डेब्यू गरेकी थिइन्। २००२ मा प्रियंकाले तमिल फिल्म थमिजनबाट डेब्यू गरेकी हुन्। उक्त फिल्ममा उनका अपोजिटमा अभिनेता बिजय थिए।
यामी गौतम : विज्ञापनकालागि चर्चित अभिनेत्री यामी गौतमले पनि दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी छन्। उनले कन्नड फिल्म उल्लास उल्लास बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन्। उक्त फिल्ममा गणेश अभिनेता थिए।
कृति सनोन : अभिनेत्री कृतिले पनि तेलुगू फिल्मबाट डेब्यू गरेकी थिइन्। उनको अपोजिटमा महेश बाबू थिए।
तब्बू : बलिउडकी चर्चित अभिनेत्री तब्बूले पनि आफ्नो फिल्मी करियरको सुरुवात १९९१ मा तेलुगू फिल्म कुली नम्बर १ बाट सुरु गरेकी थिइन। उक्त फिल्मको अपोजिटमा वेंकटेश थिए।
January 6, 2019 10:58 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग