रक्सी खाने पैसा बीमा गर्नुस् भन्दै सामाजिक अभियन्त्ता तथा हास्य कलाकार धुर्मुस–सुन्तलीले दिए यस्तो सल्लाह
डोटी । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।
एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गर्नुभयो ।
‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भन्नुभयो, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गर्नुभयो ।
दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।
January 6, 2019 2:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी