Wednesday 18th March 2026

मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर डोजर प्रयोग गरी भत्काइयो

7 years अगाडी

पोखरा, २४ पुस । पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ। पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर सोमवार महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको हो।

यसैगरी महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर समेत भत्काएको छ। डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरी बनाएको वडा सदस्य परियारको एक तले घर पहिले भत्काएको थियो।

घर भत्काउन नदिन वडा सदस्य परियारले अनुनय गरेकी थिइन्। उनले महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमतिमा २०४७ सालदेखि बस्दै आएको स्थानमा पक्की घर बनाएको बताएकी थिइन्।

          January 8, 2019 9:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...