Wednesday 18th March 2026

फेसबुकमा करोडौँ चिठ्ठा परेको म्यासेज आयो ? सावधान रहनुस्, यसरी ठगिए मानिसहरु

7 years अगाडी

काठमाडौं । करोडौंको चिठ्ठा परेको छ भन्दै सामाजिक सञ्जाल मार्फत लाखौँ ठगी गर्ने गिरोहहरु बढिरहेका छन् । फेसबुक, म्यासेन्जर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालमा करोडौँको चिठ्ठा परेको म्यासेज पठाएर चिठ्ठा परेको रकम पाउन थोरै रकम आइएमई गरिदिनुपर्ने भन्दै ठग्दै आएका हुन् ।

करोडौंको चिठ्ठा परेको छ भन्दै मानिसहरुलाई भ्रम फैलाएर ठगि गर्दै आएका ३ जनालाई प्रहरीले बलम्बुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ अर्घौली घर भएका इन्द्रबहादुर पुरी, खोटाङ मजुवागढी घर भएका टिकाराम भुजेल र काठमाडौंका लेखबहादुर खड्का रहेका छन् । यिनीहरुले करोडौँको रकम बराबर चिठ्ठा परेको छ भन्दै प्रलोभन देखाउने र आइएमई मार्फत चिठ्ठा भर्नका लागि फारम भर्न रकम बुझाउन लगाउँदै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी भन्छन्,‘यस किसिमको ठगीमा ठूलै समूह सक्रिय रहेको हुन सक्छ, यसबारे हामी खोजतलास गर्दै छौ ।’ ठूलो रकमको चिठ्ठा परेको प्रलोभनमा थुप्रै व्यक्तिहरु ठगिँदै आएका छन् । उनीहरुले आफूलाई निकै ठूलो रकमको चिठ्ठा परेको भन्ने विश्वासमा आइएमई मार्फत लाखौँ रुपैयाँ बुझाउन तयार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका ३ जनाबाट प्रहरीले ठगिको ५० हजार रकम बरामद गरेको छ । यीनिहरुले आइएमई बाट ६ लाख रकम निकालिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठगीमा संलग्नहरुलाई पुस २१ गते प्रहरीले बलम्बुबाट पक्राउ गरेको थियो ।

          January 8, 2019 4:11 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...