“टिक टक प्रयोगकर्ताहरुको समूह द्वारा क्यान्सर पिडित बालिकालाइ आर्थिक सहयोग “
सचिन्द्र श्रेष्ठ । मनोरन्जनात्मक सामाजिक संजाल टिकटक प्रयोग कर्ता सोहि मध्यम बाट सामाजिक कार्यमा समेत जुटेका छन्। टिक टक प्रयोग कर्ताहरुको एउटा समूहले काठमांड़ौमा ‘च्यारिटी १००’ नामको एउटा ग्रूप बनाएर समाजसेवा गर्ने गरेको छन।
आज ओखलढुंगा निवासी क्यान्सर पिडित १५ बर्षीय बालिका मिसना राई लाइ रु.२०,०००/ सहयोग गरेको छ, उक्त रकम ‘नेपाल च्यारिटी १०० ‘का तर्फ बाट पुनम कुवर, पुजा मगर, रेहान, बिनी क्षेत्रि र मारिया समेतले पिडितलाइ भेटि हस्तान्तरण गरेका छन् ।
गत महिना समेत दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा रहेकी मन कुमारी तामांग लाई रु १६ हजार सहयोग गरेका टिकटक प्रयोग कर्ताहरुले सामाजिक कार्यमा निरन्तरता दिदै आएका छन् ।
उक्त च्यारिटी कार्यक्रममा यूएई बाट पनि दुबई टिम नेपयूएईका प्रयोग कर्ताहरुले नियमित सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर गरि रहने आफुहरुको योजना रहेको कुरा नबिन पौडेल र एमडी बोहोराले जानकारी दिनु भएको छ ।
मानबिय सहयोग गर्ने इच्छा भएमा हरेक कुरालाई सकारात्मक रुपमा लैजान सकिन्छ भन्ने एउटा उदाहरण सामाजिक संजाल टिक टक प्रयोग कर्ताले दिएका छन् । करीब १ महिना पहिले पनि टिकटक प्रयोग कर्ताको दुबईमा भब्य भेला सम्पन्न भएको थियो।
January 8, 2019 4:45 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग