रजक समाजद्वारा सहयोग वितरण ।
तराइ मधेशमा जाडो दिन प्रतिदिन बढदै जादा सिरहा सप्तरी धनुषा जिल्लाका असाहाय बिपन्न तथा वृद्ध बृद्दाहरुलाइ रजक समाजले राहत स्वरुप सिरक वितरण गरेकोछ । बैदेशिक रोजगारिमा रहेका रजक समाजका युवाहरु र नेपाल स्थित सिरहा सप्तरी धनुषा जिल्लामा रजक समाजका युवाहरुको सक्रियतामा सहयोग वितरण गरिएको हो ।
अध्यक्ष बुधन साफिको अध्यक्षतामा सिराहा स्थिति मिरचैयामा एक कार्यक्रम गरि समाजले तीन वटै जिल्लामा राहत सहयोग गरेको पुर्याएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष सफिले समाजका सदस्यहरुबाट संकलित सहयोगले वृद्ध-वृद्धा तथा सहायहरुलाई थोरै भए पनि राहत मिलेको बताए ।
समाजले पटक-पटक गरिब,असाहय तथा बिपन्न परिवार तथा ब्यक्तीहरु यस्ता लाई सहयोग गर्दै आएकोछ । यसको अलावा नेपाल रजक सेवा समाजले महिला हिंसा, बालबिबाह, महिला शोषण तथा दहेज प्रथा बिरुद्ध समाजिक सचेतना र आवाजहरु उठाउदै आएकोछ । समाज नेपाल ,साउदी अरेबिया, कतार, दुबई, मलेशिया, भारत लगायत देशहरुमा क्रियाशील रहेकोछ ।
समाचार सहयोगी श्याम कुमार सफीको साथ तेज थापा ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी