सारा अली खान होइन, यो स्टारकिडसँग रिलेसनमा छन् कार्तिक आर्यन
एजेन्सी पुस । नयाँ वर्ष २०१९ को सुरुवातमै बलिउडको गल्लीहरुमा एउटा जोडी लव अफेयरको निकै ठूलो चर्चा चलिरहेको छ । यो जोडी अरु कोही नभएर दुई नवोदित कलाकार कार्तिक आर्यन र अनन्या पाण्डे हुन् । यी दुईलाई मिडियाकर्मीको क्यामराले धेरैपटक एकसाथ कैद गरेको छ । गएका हप्ताहरुमा यी दुई कहिले डिनरमा त कहिले भुभिज डेजमा स्पट भएका छन् ।
कार्तिक आर्यन यो समय बलिउडमा निकै चर्चा बटुलिरहेका छन् । आफ्नो मात्र दुईवटा फिल्मबाट चक्लेटी हिरोको इमेज बनाइसकेका कार्तिक देशभरी युवतीहरुको राष्ट्रिय क्रस बनेका छन् । तर अनन्या भने अझै पनि एउटा रहस्यको पात्र छिन् । उनको विषयमा धेरैलाई थाहा छैन । उनी अभिनेता चंकी पाण्डेकी छोरी हुन् र यसैवर्षको फिल्म ‘स्ट्युडेण्ट अफ द यर टु’ मा उनी देखा पर्दैछिन् । यो उनको डेब्यु फिल्म हो ।
अहिलेका स्टारकिडहरुमा अनन्या सौन्दर्यताको तुलनामा निकै माथि छिन् ।अनन्याको डेब्यु फिल्मपछि कार्तिक र आर्यनलाई एकसाथ फिल्ममा कास्ट गरिने खबर आएको छ । यद्यपी खबर पुष्टि भएको छैन तर यी दुईलाई ‘पति पत्नी और वो’ को रिमेकमा कास्ट गरिने खबर आएका छन् । तर यो खबरले कार्तिक आर्यनसँग डेट गर्न इच्छुक सेफ अली खानकी छोरी सारा अली खानलाई भने धक्का पुग्ने देखिएको छ ।
January 9, 2019 10:42 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी