आकाशे पुलको प्रयोग बढाउन कामपाको साताव्यापी कार्यक्रम
काठमाडौँ,। काठमाडौँ महानगरपालिकाले नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । गत आइतबारबाट अभियानकै रुपमा शुरु गरेको कार्यक्रमअन्तर्गत आकाशे पुलको प्रयोग प्रवद्र्धन गर्न अभियान थालेको हो ।
आकाशे पुल हुँदाहँुदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी गराए । कादम्बरी मेमोरियल कलेजका विद्यार्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सञ्चालन गरिएको अभियान एक हप्तासम्म रहने छ ।
नियमित काठमाडौँ बस्ने नागरिकका लागिभन्दा पनि बाहिर जिल्लाबाट आउने आगन्तुकका लागि यस किसिमको अभियान शुरु गरिएको प्रवक्ता डङ्गोलले भने । व्यस्त सडक पार गर्नु जोखिमपूर्ण छ भन्ने जान्दाजान्दै सडक पार गर्ने बानीले सडक दुर्घटनाको खतरा बढेको कामपाले जनाएको छ ।
कामपाले यस किसिमको व्यवस्था शुरु गरेपनि कामपाको धेरै आवश्यक स्थानमा आकाशे पुल छैन भने भएका पुल पनि मर्मत गर्नुपर्ने अवस्थाप्रति भने कामपाले ध्यान दिएको छैन । गत साउनमा नै कामपाकोे आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण भने पनि अहिलेसम्म तयारी गरेको छैन ।
यस अभियानमा महानगरमा भएका नौवटा आकाशे पुलका हरेक मुखमा विद्यार्थी बस्नेछन् । यसअनुसार उनीहरु २२ स्थानमा रहनेछन् । यसका लागि ५० विद्यार्थी खटिने छन् । महानगरको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यो अभियान हरेक दिन मध्याह्न २ बजेदेखि साढे ४ बजेसम्म सात दिन चल्ने बताए ।
January 9, 2019 12:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?