Wednesday 18th March 2026

महोत्तरीमा पत्रकारमाथि नेपाली सेनाको मेजरले गरे दुर्व्यवहार

7 years अगाडी

महोत्तरीका पत्रकारद्वय निकेश खनाल र ललन मण्डलमाथि नेपाली सेनाले दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आपत्ति जनाएका छन् ।महासंघका सभापति कमलेश मण्डलले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चारकर्मीद्धयमाथि नेपाली सेनाले गरेको दुव्र्यवहार प्रति घोर भत्र्सना गर्दै घट्नाको यथाशीघ्र छानविन गरी दोषी माथि कारबाहीको माग गरेको छ ।

गएको पुस २१ शनिबार मध्यरातमा नेपाली सेनाले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ । रातिको समयमा अवैध रुपमा नदी उत्खनन् गरिरहेको गोप्य सूचनाको आधारमा समाचार संकलनका लागि गएका पत्रकारमाथि सेनाले दुर्व्यवहार गरेका हुन् ।

बर्दिबास नगरपालिका वडा नं —१३ मा विजय साहले सञ्चालन गरेको चुरियामाई वासिङ सेन्टरले प्रदेश नं —२ को पृत्तना क्षेत्रभित्र अवैध रुपमा नदी उत्खनन् गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियामाई वासिङ सेन्टरमा लैजाँदै गरेको अवस्थामा बर्दिवास खबर दर्पणका पत्रकार ललन मण्डल र रातोपाटीका महोत्तरीका सम्बाददाता निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले दुर्व्यवहार गरेका हुन् ।

पत्रकारसँग सेनाका मेजर बस्नेतले चुरियामाई वासिङ सेन्टरका सञ्चालक विजय साहसँग क्रसरले सेनाको काम गरेबापत सेनाको पेरिमिटरबाट नदीजन्य पदार्थ उत्खनन् गर्न दिने शर्त राखेर सेनाको पेरिमिटर भित्र निर्माणाधीन कामहरु सम्पन्न गर्ने शर्तमा उत्खनन् गर्न दिएको बताउनुभयो । उहाँले सम्झौता अनुसार नै उत्खनन् भएको भन्दै सञ्चारकर्मीले आफूहरुलाई अनावश्यक दुःख दिएको उल्लेख गर्नुभयो । मेजरले सञ्चारकर्मीलाई प्रलोभन देखाउँदै घटनाको समाचार नछाप्न धम्की दिएको पत्रकारद्धयले बताएका छन् ।

सेनाका मेजर बस्नेतले आफूले सबै काम पृत्तना पतिकै आदेशमा गरेको जानकारी गराउँदै सेनाको पेरिमिटर भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुँदा आफूहरुले गरेको क्रियाकलाप कानुन संवत् रहेको भन्दै प्रहरी तथा सञ्चारकर्मीलाई घटनास्थलबाट फर्काएका थिए ।

          January 9, 2019 12:33 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...