Sunday 21st December 2025

छाउ गोठमा बालेको आगो सल्किएर आमासहित दुई बालकको जलेर मृत्यु

7 years अगाडी

बाजुरा, २५ पुष । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका ९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ। चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका(९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

उनका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगो सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन्।

          January 9, 2019 1:26 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...