१० घण्टामा श्रीमान श्रीमतीको मृत्यु , मलामीले घरमा पुगेर नुहाउन समेत भ्याएनन्
काठमाडौँ, २६ पुस । मानिस जन्मदै मृत्यु लेखिएको हुन्छ भन्ने धर्मशास्त्रमा उल्लेख भएका कुरा स्वीकानै पर्छ । यो कसैले टार्न र सार्न नसक्ने ध्रुब सत्य कुरा हो । बिज्ञान प्रविधिको विकाससँगै जन्मने दिन र समय समेत एकीन गर्न सकिन्छ तर मृत्यु कसैले जान्दैन । अझ घटना, दुर्घटनामा एकै परिवारक धेरै सदस्य या श्रीमान् श्रीमती पर्नुलाई भवितब्यको संज्ञा दिईन्छ । कालगतिले नै श्रीमान् श्रीमती एकैदिनमा मृत्यु हुनुलाई कसरी लिने ।
हो पत्याउनै नसकिने दुःखद अवस्था नयाँबानेश्वर निवासी शर्मा परिवारमा पुष २४ गते मंगलबार १० घण्टाको फरकमा परेको छ । यो परिवारमा एउटा लाश दाहसस्कार गरेर नसक्दै अर्को लाश परेको दुःखद क्षणमा मलामीले काँध सेलाउन नपाउँदै अक्रो लाश बोक्नु परेको थियो । मलामीले पिताको अन्त्यष्टि गरेर घरफर्किएका क्रियापुत्रीलाई घरमा भित्र्याउनै नपाउँदै अर्को लाश बोकेर जानुपर्दाको क्षण निकै पिडादायि र कसैले नसोचेको घटना हुन पुग्यो ।
शर्मा परिवारमा परेको यो एउटा दुःखद र वियोगान्त घटना आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो भन्ने पंक्तिलाई सार्थक बनाउँदै सन्तानका लागि चीरकाल सम्म ठूलो बज्रपात बनाएको छ । नियमित जस्तै सोमबार साँझ ८५ बर्षिय रामगोविन्द शर्मा र उहाँका सपरिवार खाना खाएर सुतेका हुन् ।
एक्कासी मध्येरातमा रामगोविन्दलाई छातीमा अप्ठ्यारो भयो भने लगत्तै उहाँका छोराहरु महेश र उमेश शर्माले एभरेष्ट अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सकले परिक्षण गर्नासाथै मृत घोषणा गरिदिए । उपचारमा संलग्न चिकित्सकले उहाँको अस्पताल पुग्नु अघि नै मृत्यु भैसकेको घोषणा गरिदिए ।
January 10, 2019 10:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..