Saturday 20th December 2025

प्रसवको क्रममा बच्चाको खुट्टा जोडले तानेपछि बच्चा दुई टुक्रा

7 years अगाडी

भारतको जेसलमेरको रामगढस्थिती सरकारी अस्पतालका चिकित्सकले प्रसवको क्रममा बच्चाको खुट्टा जोडले तानेपछि बच्चा दुई टुक्रा भएरबच्चाको कुमसम्मको भाग बाहिर आयो तर टाउको भित्रै अड्किएको हो । चिकित्सकले परिवारका सदस्यलाई केही नभनी महिलालाई जेसलमेर रिफर गरिदियो । जेसलमेरबाट जोधपुर पठाउदा यो घटनाबारे पर्दाफास भएको हो ।

तीन दिनअघि दीक्षा कंवरलाई प्रसव पीडा भएपछि उनका परिवारका सदस्यले रामगढ अस्पताल लगे । त्यहाँ भर्ना गरेपछि चिकित्सकले बिरामीलाई जेसलमेर लैजान आग्रह गरे । तर परिवारका सदस्यलाई प्रसवको क्रममा बच्चाको टाउको भित्रै अड्किएको भन्ने जानकारी दिइएन ।

रामगढ अस्पतालका चिकित्सा प्रभारी डा। निखिल शर्माले यसबारे स्पष्टिकरण दिँदै भने, ‘जब सुत्केरीलाई अस्पताल पुर्याइयो तब यहाँका चिकित्सकले उनलाई प्रसव कक्षमा पुर्याए । त्यहाँ उनीहरुले बच्चाको खुट्टा बाहिर आइरहेको र उसको मृत्यु भइसकेको थाहा पाए । हाम्रो अस्पताल सुविधासम्पन्न नभएकाले सुत्केरीलाई जेसलमेर रिफर गरिएको हो ।’

          January 10, 2019 1:22 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...