बलिउडमा फेरि अर्का महान हस्तिलाई क्यान्सर भएकाे खुलासा !
बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ । उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिए । यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ । क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको उनले बताए । यो यस्तो रोग हो जसका कारण छालामा अनावश्यक कोसिकाको वृद्धि हुनथाल्छ ।
ऋतिकले दुई घण्टाअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुवा राकेशसँगको जिमको तस्बिर पोष्ट गर्दै उनको निकै तारिफ गरेका छन् । यसमा उनले लेखेका छन्, ‘मैले आज बिहान बुवालाई व्यायामका लागि सोधें, मलाई थाहा थियो कि उनी शल्यक्रियाको दिन पनि व्यायाम गर्न छोड्ने छैनन् । केही हप्ताअघि मात्रै Squamous Cell Carcinoma बारे पत्ता लाग्यो । आज उनी आफ्नो युद्ध लड्नेछन् । हामी भाग्यमानी छौं कि हाम्रो परिवारले तपाईंजस्तो अग्रणी व्यक्ति पायौं ।’
राकेश रोशन आजकाल कृष ४ को तयारीमा जुटेका छन् । यो फिल्ममा राकेश रोशन पुनः एकपटक आफ्नो छोरासँग काम गर्नेछन् । यो फिल्मको यसअघिको सबै सिरिज निकै हिट रह्यो ।
January 10, 2019 4:08 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग