झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै
झापा । झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ। आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो।
अपराध नियन्त्रणका लागि असोज ७ गते नै झापाका १५ वटै स्थानीय तह, होटल व्यवसायी सङ्घ, वाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय र विभिन्न सङ्घसंस्थाले १२ वुँदे प्रतिबद्धता जाहेर गर्दै आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका थिए।
माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरिने, बहुसङ्ख्यक महिलालाई राखेर समिति गठन गरी अभियानलाई सफल बनाउन लागि पर्ने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोधराज दाहालले बताए।
अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको निश्चित दूरी (सय मिटर) भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने उनले बताए। रासस
January 11, 2019 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?