गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले श्रमिक समस्या विषयक कार्यक्रम गर्दै |
शुक्र मोक्तान,
साउदि अरब- एक विडम्वना भनौं या सौभाग्य नेपाली युवाहरुको बैदेशिक रोजगारीको शिलशिलामा मातृभूमि छोड्न बाध्यता बनेको छ | बैदेशिक रोजगारीकै क्रममा खाडी मुलुक भासिएका युवाहरु दिनानुदिन विभिन्न समस्यामा पर्दै आएका छन् | विशेषता हालको विश्व अर्थतन्त्र साथै जारी गृह युद्ध र क्षेत्रीय युद्धको कारण पनि खाडी मुलुकहरुमा श्रमिक समस्या चुलिंदै गएको छ | यहि समस्यालाई मध्यनजर राख्दै यसको निराकरणको खोजि गर्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले यस कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनए साउदीका महासचिव तेजबहादुर थापाले बताए | उनका अनुसार कार्यक्रमलाई सम्बोधन गर्न साउदीका लागि कुटनीतिक नियोग नेपाली राजदुतावास रियादलाई निमन्त्रणा पाठाईएको छ ।
सम्भवत नेपाली राजदुतावास रियादका लागी राजदुत प्रा.डा. महेन्द्र सिङ राजपुतको उपस्थितिमा हुने उक्त कार्यक्रममा पिडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई उपस्थित हुन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले सबैलाई आह्वान गरिएको छ | भने उक्त कार्यक्रम साउदीको पूर्वी शहर दम्माम सेको गार्डेन नजिकै रहेको होलिडे रेस्टुरेन्टमा आगामी २५ जनवरी २०१८ शुक्रबारका दिन मध्यान्ह १२:३० बजे सुरु हुने भएको छ | एनआरएन साउदिले उक्त कार्यक्रममा उपस्थित भई मौकाको लाभ लिन पिडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई संस्थागत अनुरोध समेत गरेको छ ।
January 11, 2019 11:09 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की