हे भगवान : भवनमा आगो लागेपछि ३ सन्तानलाई बचाउन बाबुले ५ तला माथिबाट तल फ्याके
श्रीलंकामा भएको एक भिषण आगलागीको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। स्थानीय भवनमा आगलागी हुँदा एक दम्पतिले आफ्ना सन्तान बचाउनको लागि गरेको हर्कत देखेर जो-कोहि पनि चकित पार्न सक्छ।
श्रीलंकाको क्यान्डी शहरमा भएको यस घटनाको भिडियोनै सामाजिक संजाल मार्फत बाहिरिएको हो। स्थानीय यतीनुवारा स्ट्रीटमा रहेको भवनमा आगलागी भएपछि बचाउन ती दम्पतिले आफ्ना सन्तानहरुलाई बचाउन पाच तलाको झ्यालबाट बाहिर फ्याकेका हुन्।
आगोबाट बच्ने अन्य बाटो नदेखेपछि दम्पतिले यस्तो तरिका अपनाएको बुझिएको छ। पाँच तलाको झ्यालबाट तीन बालबालिकालाई बाहिर फ्याकिएको थियो। पाँच तला माथिबाट खस्दा पनि तीनै बालबालिका बच्न भने सफल भए। सडकमा रहेका सर्वसाधारणहरुले समाएर सहयोग गरेको कारण यी बालबालिकाहरुको ज्यान बच्न सफल भएको हो।
आगलागीमा फसेका पिडित दम्पतिको पनि शकुसल उद्धार सम्भव भएको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्। स्थानीय र उद्धारकर्मीहरुको सक्रियताना दम्पतिको उद्धार गरिएको हो।
आगलागीमा फसेकाहरुलाई उद्धार गरि अस्पताल पठाइएको स्थानीय मिडियाहरु बताउँछन्। आगोले असर गरेको हुंदा पिडित दम्पति पनि अस्पतालमा उपचारत छन्।
घटनास्थलमा रहेका एक व्यक्तिले भिडियो सामाजिक संजालमा अपलोड गरेसँगै भाइरल भएको हो। आफ्ना बच्चालाई बचाउन भन्दै ५ तला माथिबाट फ्याक्ने ती पिताको सामाजिक संजालमा प्रसंशा पनि भैरहेको छ।
January 11, 2019 11:27 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग