मलाइका र अर्जुनको सम्बन्धलाई लिएर बोनीमाथि सलमान बन्देज
एजेन्सी, पुस । अर्जुन कपुर र मलाइका अरोडाको बढ्दो निकटाले खान खानदानलाई निकै चिढ्याइरहेको देखिन्छ । केही दिन अघि खबर आएको थियो बलिउडका दबंग अभिनेता तथा मलाइका अरोडाका जेठाजु सलमान खानले अर्जुनका बुवा बोनी कपुरको एउटा फिल्म अफरलाई अस्वीकार गरेका छन् । अहिले आएको नयाँ खबर अनुसार सलमानले आफ्नो घरको इन्ट्रीमा पनि कपुर खान्दानलाई बन्देज लगाई दिएका छन् ।
आईबीटि आइम्सको रिपोर्ट अनुसार सलमान खानले यो निर्णय मलाइका र अर्जुनको सम्बन्धलाई लिएर गरेका हुन् । वास्तवमा यसअघि अर्जुनले सलमानकी बहिनी अर्पिता खानलाई डेट गरिसकेका छन् । यी परिपेक्ष्यमा हेर्दा सलमानको यी कदमले उनीभित्रको आक्रोशलाई दर्शाइरहेको छ ।
रिपोर्टको अनुसार सलमान खानले फिल्म निर्मातासँग पनि अर्जुनलाई फिल्ममा नलिन पनि भनेका भनेका थिए । तर त्यस समय अर्जुनले सलमानलाई उनको परिवारलाई असर पुर्याउने कुनै काम नगर्ने भन्दै उनलाई फकाएका थिए । तर अब फेरी अर्जुन र मलाइकाको यो कदमले सलमानलाई निकै ठूलो तनाव दिएको छ । यसैकारणले उनले बोनी कपुरलाई आफ्नो घरमा प्रवेश गर्न बन्देज गरिदिएका छन् ।
बोनी र सलमान निकै असल साथी हुन् । खबरहरुका अनुसार बोनीले छोरा अर्जुनलाई मलाइकासँग टाढा रहन पनि चेतावनी दिएका छन् । हालै सलमानले बोनी कपुरको दुईवटा फिल्मको अफरलाई टुक्राएका छन् । ‘वान्टेड टु’ र ‘नो एंट्री मे एंट्री ’ ती दुई फिल्म हुन् । यी दुबै फिल्मको पहिलो पार्टमा सलमान नै भूमिकामा थिए र दुवै फिल्म हिट रहेका थिए ।
January 11, 2019 12:49 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग