Thursday 11th September 2025

रणवीर कपूरकी दिदीले दिइन् आलिया र रणवीरलाई बहुमूल्य उपहार

7 years अगाडी

बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट प्रेममा छन् । बलिउड फिल्म उद्योगमा अहिले यो जोडीको निकै चर्चा हुने गर्छ । केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । आलिया भट्ट रणवीर कपूरसँग मात्रै नभई कपूर परिवारकासाथ रमाइलो गर्दै गरेका तस्बिर सामाजिक संजालमा चर्चाको विषय बनेको थियो ।

रणवीर र आलिया दुवैका परिवारलेसमेत यस सम्बन्धलाई खुसीसाथ स्वीकार गरिसकेका छन् । रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार स्वरुप दिएकी छिन् । औँठीमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ ।

आलिया र रणवीरले पनि यो औँठी खुसीसाथ स्वीकार गरिसकेका छन् । यसै वर्ष आलिया र रणवीर अभिनित फिल्म ‘ब्रम्हास्त्र’ रिलिज हुनेछ । अयान मुखर्जीको निर्देशन रहेको फिल्म ‘ब्रम्हास्त्र’ को सेट मै आलिया र रणवीर नजिकिएका थिए ।

          January 11, 2019 4:44 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...