

स्थानीय समन्वय समिति अलखोबर पाँचौ अधिबेशन सम्पन्न ।

तेज थापा-
साउदि अरब-साउदि अरबको पुर्वी क्षेत्र स्थित अलखोबरमा आज गैरअावासिय नेपाली संघ स्थानीय समितिको अधिबेशन सम्पन्न भएको छ । अलखोरको क्लासिक रेस्टुरेन्टमा सम्पन्न अधिबेशनले बिष्णु भन्डारीको अध्यक्षता ७ सदस्यीय समिति घोषणा गरेको हो । नयाँ कार्यसमितिमा क्रमश: अध्यक्ष – बिष्णु भण्डारी,सचिब – पूर्ण सुनुवार, सदस्य – कमल कडेल, सदस्य – मानबहादुर घले, सदस्य – बिर्ख राम तमाङ,सदस्य – टिकाराम पर्साइ,सदस्य – मोहम्मद अख्लाख चयन भएका छन् ।
क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र मातहतमा रहेको अलखोबर स्थानीय समितिको यो पाचौं अधिबेशन हो । अधिबेशनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, क्षेत्रीय समन्वय समितिका पदाधिकारी तथा एनआरएनए पञ्जिकृत सदस्य एवम् शुभचिन्तकहरुको समुपस्थिति रहेको थियोे । क्षेत्रीय समन्वय समिति पुर्वि क्षेत्रका क्षेत्रीय अध्यक्ष चन्द्र मणि भन्डारीको सभाध्यक्षता रहेको कार्यक्रमलाई नरेन्द्र ब. कार्कीले संचालन गरेका थिए भने कोषाध्यक्ष चित्र कुमार राइले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।
नवगठित समितिको घोषणा सँग गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा तथा सदस्य भोला नाथ पौडेल तथा निवर्तमान अध्यक्ष जीवन लुईटेल लगायतका पदाधिकारीहरुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका दौरान साउदि बसाइँ बिट मारि नेपाल फर्कदै गरेका स्थानीय समन्वय समिति अलखोबरका भुतपुर्व उपाध्यक्ष चक्र बि. क. लाई बिदाई तथा सम्मान समेत गरिएको थियोे ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

