‘पैतृक सम्पत्ति र नागरिकतामा सरकारले विभेद गर्यो’
काठमाडौं, २८ पुस । यौनिक अल्पसङ्ख्यकहरूले पैतृक सम्पत्ति र नागरिकतामा सरकारले आफ्ना माग सम्बोधन नगरेको गुनासो गरेका छन् । नेपालमा यौनिक अल्पसङ्ख्यको सङ्ख्या झन्डै पाँच लाखको हाराहारीमा छ ।
कानुनमा महिला र पुरुषबीच विवाह हुने भनिएकोमा व्यक्ति-व्यक्तिबीच विवाह गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । यौनिक अल्पसङ्ख्यकको क्षेत्रमा क्रियाशील नील हिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले पैतृक सम्पत्तिमाथिको अधिकारका लागि पनि आफूहरूले सरोकारवाला निकायसँग छलफल गरिरहेको बताए ।
अरु व्यक्तिलाई जस्तै यौनिक अल्पसङ्ख्यकहरुलाई पनि राज्यले अधिकार दिनुपर्ने उनको भनाई छ । यसैबीच अधिवक्ता तथा युवा अभियन्ता लक्ष्मी निरौलाले यौनिक अल्पसङ्ख्यकहरुको अधिकारको विषयमा संविधानमा स्पष्ट नीति नरहेको स्विकारेकी छिन् । अहिले पनि विवाह दर्ताको प्रमाण पत्रमा महिला र पुरुष मात्र समावेश गरिएकाले पनि यौनिक अल्पसङ्ख्यकलाई समस्या भएको उनको भनाई छ ।
यौनिक अल्पसङ्ख्यकहरुले धर्मसन्तान राख्न पाउने नपाउने विषयमा पनि सहज रुपमा उल्लेख नगरिएकाले पनि यौनिक अल्पसङ्ख्यकहरुले अधिकारको प्रत्याभूति गर्न असज भएको उनले बताइन् ।
January 12, 2019 11:58 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..