सलमान खानले बोनी कपूरलाई घर आउन गरे प्रतिबन्ध, छोराको रिस निकाले बुवामाथि
बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोडा एकअर्काको प्रेममा रहेको कुरा कसैबाट लुक्न सकेको छैन ।अर्जुन र मलाइका सार्वजनिक रुपमै दुनियाको कुनै पर्वाह नगरी एकअर्काको साथमा समय बिताइरहेका छन् । यी दुवैको सम्बन्धलाई अर्जुन कपूरको परिवारले समेत स्वीकार गरिसकेको छ । मलाइका अरोडाका पूर्व पति अरबाज खानले समेत मलाइकासँगको डिभोर्सपछि जर्जिया एण्ड्रीयानीलाई डेट गरिरहेका छन् । तर अरबाज खानका दाइ सलमान खान भने अझै पनि अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धदेखि खुशी छैनन् ।
केही दिनअघि मात्रै सलमान खानले बोनी कपूरको २ वटा फिल्ममा काम गर्ने अफरलाई अस्वीकार गरिदिएका थिए र अहिले सार्वजनिक खबरहरुका अनुसार सलमानले बोनी कपूरलाई उनको घरमा आउनसमेत प्रतिबन्ध लगाइदिएका छन । बोनी कपूर र सलमान खानबीचको मित्रता यसअघिसम्म निकै प्रगाढ थियो तर अब भने सलमानले बोनी कपूरलाई उनको छोराले गरेको गल्तीको सजाय दिएका छन् ।
अभिनेत्री मलाइका अरोडा खानभन्दा अघि अभिनेता अर्जुन कपूर सलमान खानकी बहिनी अर्पिता खानलाई डेट गरिरहेका थिए । तर पछि उनी सलमानकै भाइ अरबाज खानकी श्रीमती मलाइका अरोडाका साथ प्रेमसम्बन्ध गाँसेपछि सलमान खानलाई यो कुरा सह्य भएन ।
सलमान खानले बलिउड फिल्म निर्माताहरुलाई अर्जुन कपूरलाई कुनै पनि फिल्ममा कास्ट नगर्नुभन्दै आदेश दिएका थिए । तर अर्जुन कपूरले त्यस समयमा सलमानसँग माफी माग्दै अब आइन्दा सलमान खानको परिवारलाई समस्या हुने कुनै पनि काम नगर्ने बताएका थिए । सलमानले पनि उनलाई त्यसबेला माफ गरिदिएका थिए । तर त्यसको केही समयपछि अर्जुनकै लागि मलाइकाले अरबाज खानसँग सम्बन्ध विच्छेद गर्दै अर्जुनसँग नजिकिइन् । यो कुरा सलमानले पचाउन सकेनन् । तसर्थ सलमान खानले अर्जुन कपूरको रिस उनका पिता बोनी कपूरमाथि पोखे ।
बोनी कपूरसँगको वर्षौँदेखिको मित्रतालाई सलमानले मतलब नगरी उनको अब आउने फिल्म ‘वान्टेड २’ र ‘नो एन्ट्री मे एन्ट्री’ मा अभिनय गर्न अस्वीकार गरिदिए । साथै बोनी कपूरलाई सलमान खानको घर आउन प्रतिबन्ध गरिदिएका छन् । बोनी कपूरको निर्माणमा बनेका यसअघिका फिल्म ‘वान्टेड’ र ‘नो एन्ट्री’ मा सलमान खान नै मुख्य भूमिकामा थिए भने यी फिल्महरु सुपरहिट भएका थिए ।
January 12, 2019 12:59 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप