७ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्दै
7 years अगाडी
Susma Dhakal
बैतडी। बैतडीमा अझै पनि ७ प्रतिशत युवतीहरु २० वर्ष उमेर नपुग्दै आमा बन्ने गरेको एक तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा बैतडीमा कुल ५ हजार ४ सय ४६ गर्भवती महिला मध्ये ४ सय ७ जना २० वर्ष मूनीका रहेका छन्। गर्भ जाँच गराउन आएका महिला मध्ये ७ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
रजस्वला नभई छोरीको विवाह गरी दिए पुण्य कमाइन्छ भन्ने मान्यताका आधारमा कलिलैले उमेरमा विवाह गर्ने प्रचलनका कारण पनि २० वर्षमूनी नै आमा बन्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जदीशचन्द्र बिष्टले बताए। जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा आएको तथ्याङका अनुसार ७ प्रतिशत रहे पनि सम्पर्कमा नआएको यो भन्दा बढी हुन सक्ने उनको भनाइ छ।
January 13, 2019 11:44 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...