दीपिकाले रणवीर सिंहसँग काम गर्न किन अस्वीकार गरिन्?
एजेन्सी। दीपिका पादुकोण र रणवीर सिंहको चर्चा बलिउडको हट जोडीका रुपमा हुन्छ। विवाहपछि दुवैको जीवनमा धेरै परिवर्तन आइसकेको छ। रणवीर सिंहले केही दिन अगाडि फिल्मफेयरलाई एक अन्तर्वाता दिएका थिए। उक्त अन्तर्वातामा उनले विवाहपछि परिवर्तन भएको आफ्नो जीवन र पत्नी दीपिकाका विषयमा खुलेर कुरा गरेका थिए।
उनले विवाहपछि आफूलाई तीन वटा कुरा परिवर्तन गर्ने कुनै इजाजत नभएको बताएका थिए। रणवीर दीपिकासँग विवाह गर्न सुरु देखि नै क्रेजी थिए। अन्तर्वाताका क्रममा उनले भने–दीपिकासँग समय बताउन म जहाँ भएपनि उनी भएको ठाउँमा पुग्थेँ।’
विवाहपछि आएको परिवर्तनका विषयमा पनि रणवीरले खुलेर कुरा गरेका छन्। ‘म घरभन्दा धेरै बाहिर धेरै समयसम्म बस्दिन। खाना नखाइ घर बाहिर जान पाउँदिन। र, कुनै पनि कल मिस गर्न सक्दिन्।’ उनले आफू हसब्याण्ड अफ द मिलेनियम बन्ने बताए।
भारतीय संचारमाध्यमका अनुसार फिल्म ‘८३’ को कहानी क्रिकेटर कपिल देव र १९८३ को विश्वकपको आसपासमा आधारित छ। यस्तोमा दीपिकालाई फिल्ममा उनकालागि गर्न बाँकी केही पनि छैन। दीपिकालाई फिल्ममा भूमिका पनि अफर भएको थियो तर त्यो पनि निकै कम। अर्थात दीपिकालाई केही सीनमा मात्रै स्क्रीन शेयर गर्ने मौका मिल्थ्यो।
यही कारण दीपिकाले यो फिल्मबाट आफ्नो हात झिकिन्। दीपिका पादुकोण मेघना गुलजारको फिल्म ‘छपाक’ मा अभिनय गर्दैछिन्। यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित हो। उता रणवीर सिंह चाँडै फिल्म ‘गली ब्वाइ’ मा अभिनय गर्दैछन्।
January 15, 2019 1:06 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग