नायिका प्रियंका कार्की निर्माता बन्दै
काठमाण्डौ – नेपाली चलचित्रका धेरै अभिनेत्रीहरु निर्माता बनिसेका छन् । निर्माता बनेका कतिपय अभिनेत्रीहरु सफल पनि भएका छन् ।
करिष्मा मानन्धर, रेखा थापा, स्वेता खड्का, निशा अधिकारी, रिचा शर्मा, शिल्पा पोखरेल, केकी अधिकारी, पूजा शर्मालगायत नायिका हुँदै निर्माता बनेका हुन् । अब यो लिष्टमा नायिका प्रियंका कार्की पनि थपिएकी छिन् । नायिका प्रियंका कार्कीले पनि अब चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने पक्का भइसकेको बताइएको छ ।
यतिबेला चलचित्रको कथामा काम भइरहेको छ । कथाको काम सम्पन्न भएपश्चात चलचित्रका निम्ति पात्रको खोजी हुने छ । चलचित्रमा नायिका कार्की स्वयंमले अभिनय गर्ने या अरु कसैलाई राख्ने भन्ने कुरा समेत कथा लेखनपछि मात्र टुंगो लाग्ने नायिका कार्कीले बताएकी छन् ।
यसअघि निर्देशक साम्तेन भुटियासँग नायिका कार्कीले चलचित्र अनागतमा काम गरेकी थिइन् । प्रियंकाले निर्माण गर्न लागेको चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् । साम्तेनको कथा सुनेपछि आफू चलचित्र निर्माण गर्नका लागि तयार भएको नायिका कार्कीको भनाइ छ ।
उनले अभिनय गरेका धेरै चलचित्रहरुलाई दर्शकले रुचाएका छन् । तर पछिल्लो समय भने नेपाली चलचित्र नगरीमा नायिका कार्कीको क्रेज घट्दै गएको बताइन्छ । कतिपय चलचित्र पण्डितहरुले भने नायिका कार्कीको माग कम हुँदै गएपछि उनी चलचित्र निर्माणतिर लागेको बताउने गरेका छन् । सफल नायिकाका रुपमा स्थापित भएकी नायिका कार्की अब निर्माताका रुपमा कति सफल हुन्छिन्, त्यो भने समयले बताउने छ ।
January 15, 2019 5:32 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग