जिरी नगरपालिकाले किवी खेती गर्ने कृषकलाई फलामे थाङ्ग्रा सहयोग गर्ने
दोलखा । दोलखाको जिरी नगरपालिकाले व्यवसायिक रुपमा किवी खेती गर्ने कृषकलाई स्टेकिङ (थाङ्ग्रा) सहयोग गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र ३ रोपनीभन्दा बढी जग्गामा किवी खेती गर्ने किसानलाई थाङ्ग्रा सहयोग गर्ने भएको हो । नगरपालिकाको ५० प्रतिशत सहयोग र कृषकको ५० प्रतिशत लगानीमा किवीलाई थाङ्ग्राको व्यवस्था गरिनेछ ।
थाङ्ग्रा सहयोग कार्यक्रम अन्तरगत अहिले किसान छनौट गरी लाभग्राही किसान र नगरपालिकाबीच सम्झौता भइरहेको छ । सम्झौतापछि नगरपालिकाले उपलब्ध गराएको इस्टिमेट अनुसार किवीलाई फलामको थाङ्ग्रा दिएपछि नगरपालिकाले कूल लागतको ५० प्रतिशत भुक्तानी उपलब्ध गराउने नगरपालिका कृषि शाखाका नायव प्राविधिक सहायक इन्द्रकुमार राइले जानकारी दिनुभयो ।
थाङ्ग्रा सहयोग कार्यक्रमका लागि नगरपालिकाले ५५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै किसानले पनि ५५ लाख ५० हजार लगानी गर्नेछन् । जसअनुसार कूल एक करोड ११ लाख रुपैयाँ बराबरको थाङ्ग्रा यस वर्ष किवी कृषकलाई दिइनेछ । यति रकममा ११ हजार ९ सय ५० किवीका विरुवाले फलामको थाङ्ग्रा पाउनेछन् ।
January 15, 2019 5:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..