Tuesday 17th March 2026

त्रिशूली नदीमा बेपत्ता भएका व्यक्ति मृत्त भेटिए

7 years अगाडी

बेत्रावती । चोरीमा संलग्न रहेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेको समयमा गत पुस ४ गते त्रिशूली नदीमा बेपत्ता भएका मैते तामाङ आज मृतावस्थामा भेट्टिएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका–३ का १९ वर्षीय तामाङ आज वडा नं ५ सोलेस्थित त्रिशूली नदी किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

तामाङको शव जिल्ला अस्पताल त्रिशूलीमा परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको छ । उनलाई गत पुस ३ गते राति माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरी गरेको अभियोगमा मैलुङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त अभियोगमा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटतर्फ ल्याउने क्रममा उनी पैरेबेसीमा आएपछि शौच गर्ने बाहनामा त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका थिए ।

          January 16, 2019 10:45 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...