Tuesday 17th March 2026

गोठमा आगलागी हुँदा पाँच लाखको क्षति

7 years अगाडी

कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा रु पाँच लाख बढीको क्षति भएको छ। आगलागीबाट स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ।

गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत् चुहिएर सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहुँ, चामल, ओढ्ने बिछ्याउने लुगाफाटा, लगाउने लुगा र भाडाकुँडा गरी करीब रु चार लाखको क्षति भएको वडाध्यक्ष बहादुर महराले बताए।

त्यसैगरी, घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किन पुगी गोठमा राखेको पराल, भुसा र लत्ताकपडासहित रु एक लाख ५० हजार बराबरको सरसामान जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ।

स्थानीयवासी, शुक्लाफाँटा नगरपालिका–८ को वन वातावरण तथा विपत् व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडाध्यक्ष महराले बताए। रासस

          January 16, 2019 11:42 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...