Tuesday 17th March 2026

१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४७ बर्षिय थापा पक्राउ

7 years अगाडी

बाजुरा : १२ वर्षीया बालिका बलात्कारका ओरोपितलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।

घर नजिकैको भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन्। मुख छोपेर चिच्याइ कराइ गरे वा कसैलाई भने मार्ने धम्की दिएर बलात्कार गरेको बालिकाले बताइन्।

बालिकाको मंगलबार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी प्रमुख डिएस्पी उद्धवसिंह भाटले जानकारी दिए। बालिका अहिले जिल्ला सदरमुकाममा रहेको सेभहाउसको जिम्मामा छिन्।

पीडक दलबहादुर थापाले जबरजस्ती करणी नभएर सहमतिमा यौन सम्पर्क भएको बताएका छन्। थप अनुसन्धान गरी पीडकलाई कानून अनुसारको कारबाही गरिने प्रहरी प्रमुख डिएस्पी भाटले बताए।

          January 16, 2019 12:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...