Tuesday 17th March 2026

डा केसीको स्वास्थ्य अवस्था खस्कदै गएपछि उपकरण सहितको विशेषज्ञ टोली हिड्यो इलाम

7 years अगाडी

काठमाडौं, २ माघ । इलाममा अनसन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचारका लागि उपकरण सहितको स्वास्थ्य टोली इलाम लागेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहितको विशेषज्ञ चिकित्सा टोली इलाम लागेको हो ।

डा केसी इलाममा ८ दिन देखि अनसनमा छन् । उनको स्वास्थ्य विग्रदै गएपछि अस्पताल भर्ना गरिएको छ । निमोनिया भएका डा केसीलाई आइसियुमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । तर इलाममा आइसियु नभएका कारण अन्यत्र रेफर गरिएको भएपनि डा केसी अन्यत्र जान मानेका छैनन् ।

उनको स्वास्थ्य अवस्था जटिल बनेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलामतर्फ लागेको हो । चिकित्सक टोली दिउँसो ३ बजेसम्म इलाम पुग्ने छ।

प्रतिष्ठानका डा। विकास शाहको नेतृत्वमा कार्डियोलोजी विभागका डा। प्रशान्त शाह, इमर्जेन्सी विभागका डा। अजय यादव मेडिसिन, आईसीयुका डा। सविन भण्डारीलगायत ल्याव टेक्नीसियन, नर्ससहितको विशेषज्ञ टोलिमा छन् । डा केसीको मुटु स्वास्थ्यको परीक्षणलगायत विभिन्न प्रकारका जाँचसमेत गरिने छ ।

          January 16, 2019 2:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...