उमेर छिप्पिएका धनाढ्यसँग नेपाली नायिकाहरुको लगनगाँठो !
काठमाडौँ । प्रेम एउटासँग विवाह अर्कैसँग । सिनेनगरीमा यो नौलो कहानी होइन । प्रेम सिनेनगरीकै चुलबुलेसँग अनि विवाहचाहिँ आफूले जे भन्यो त्यही मान्ने उमेर छिप्पिएको धनाढ्यसँग ?पछिल्लो समय नेपाली सिने नगरीमा यो प्रवृत्ति मौलाउँदै गएको दृश्य हो । जस्तो कि नायिका आशिष्मा नकर्मी चार्टर्ड एकाउन्टेन्ट व्यवसायी नवीनचन्द्र प्रधानसँग लगनगाँठो कस्दै छिन् ।
उनीजस्तै पैसावाल श्रीमान् खोज्ने नायिका अरु पनि भएको जनआस्थामा समाचार छ ।गरिमा पन्तले बेल्जियममा रेस्टुरेन्ट चलाएर बस्ने उमेर ढल्किएका हरि शर्मा थपलियालाई जीवनसाथी रोज्न पुगिन् ।फिल्म लाइनकै प्रसन्न पौडेलसँगको सम्बन्ध तोडेर सिम्पल खनालले भारतीय मूलका नदिमलाई आफ्नो बनाइन् ।
रेजिना उप्रेतीले लण्डनमा व्यवसाय गर्ने सुरज पोखरेललाई रोज्दा हर्षिका श्रेष्ठले भारतीय व्यापारी प्रसुन्न झुनझुनवालसँग लगनगाँठो कसिन् ।उसो त नयाँ नायिकाहरु मात्र होइन, पुरानी नायिका विपना थापाले भारतीय व्यापारी आशुतोष भारद्वाज रोज्नु, झरना बज्रचार्यले भारतीय मूलकै राहुल अग्रवालसँग साइनो गाँस्नु, अरुणीमा लम्सालले व्यवसायी अमित अर्याल खोज्नुलगायत उदाहरण हेर्दा व्यवसायी नायिकाका लागि जति पनि खर्च तर्न तयार हुने, नायिका पैसावाल श्रीमान रोज्ने र व्यवसायी र नायिकाबीचको लगनगाँठो कस्ने चलन बढ्दै गाएको छ ।
January 16, 2019 2:26 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग