यस सिजन बारम्बार किन चुकिरहेको छ रियल मड्रिड ?
काठमाडौँ, ३ माघ । सन् १९९८-९९ को सिजनमा रियल मड्रिडले धेरै खेल गुमाएको थियो । त्यसयता रियलले जहिले पनि उत्कृष्ट खेल खेलेको इतिहास रहेको थियो । तर, यस सिजन इतिहासकै खराब खेल खेलेको फुटबल समिक्षकहरुले बताएका छन् ।
रियलमा स्टार खेलाडीहरुको कमी रहेको छैन । तर, पनि यति खराब नतिजा भोग्नु रियलको दुर्भाग्य भएको उनीहरुले बताएका छन् । यस सिजन रियलले कुल ३० खेलमा १० खेल हारिसकेको छ ।
गएराति भएको खेलमा लेगानेससँग १-० गोलले पराजित भएको रियलले नयाँ खराब खेलको इतिहास रचेको हो । गएको सिजन रियलले कुल ६२ खेलमा ३९ मा जित, १४ बराबरी र नौ खेलमा पराजय भोगेको थियो ।
यस सिजन ला लिगामा पनि रियल खासै जम्न सकेको छैन ।१९ खेलमा ३३ अंक जोडेको रियल बार्सिलोनाभन्दा १० अंकले पछि रहेको छ ।शिर्षस्थानमा रहेको बार्सिलोनाले यस सिजन मध्यम खेल खेलिरहेको समिक्षकहरु बताउँछन् ।
रियलभित्र प्रशिक्षकको समस्या एक ठाउँमा रहेको छ भने खेलाडीहरुबीच पनि सम्बन्ध नराम्रो रहेको केही मिडिया रिपोर्टमा उल्लेख छ । यो अवस्थामा रियलको समस्या थप बढ्न सक्ने समिक्षकहरु बताउँछन् ।
January 17, 2019 12:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :