इंगेजमेन्टपछि पनि सेलेनासँग सम्बन्ध राख्ने प्रयासमा छन् जस्टिन बिबर, यस्तो छ सेलेनाको प्रतिक्रिया
एजेन्सी,पुस । गत वर्ष हलिउड पप स्टार जस्टिन बिबर र सेलेना गोमेजको जिन्दगीमा निकै उथल पुथल भयो । जस्टिनले मार्चमा सेलेनासँग ब्रेकअप गरे । त्यसपछि जस्टिन हेली बाल्डविनसँग डेट गर्न थाले । यति मात्र होइन यी दुईले इंगेजमेन्ट र विवाह पनि गरे ।
जस्टिन र हेलीबीच १३ सेप्टेम्बर २०१८ मा न्युयोर्कमा विवाह सम्पन्न भयो । अर्कोतिर ब्रेकअपपछि सेलेनाको स्वास्थ्यमा निकै खराबी आयो । सेलेनाको पछिल्लो वर्षमात्र मृगौला प्रत्यारोपण भएको थियो । त्यस कारण पनि उनले निकै शारीरिक र मानसिक समस्या भोग्नु पर्यो । तर उपचारपछि सेलेनाले काम गर्न सुरु गरेकी छिन् र अहिले उनी एउटा स्वास्थकर जीवनशैली बिताइरहेकी छिन् ।
भर्खरै जस्टिनलाई लिएर ठूलो खबर आएको छ । राडन अनलाइनको खबर अनुसार जस्टिन पुन: एकपटक सेलेनासँग सम्पर्कमा आउन चाहन्छन् । जस्टिन म्यूच्युल फ्रेण्ड र परिवारको माध्यमबाट सेलेनासँग कुरा गर्ने प्रयास गरिरहेका छन् ।
तर सेलेनाको परिवारले जस्टिनलाई सेलेनाबाट टाढा रहन भनेका छन् । सेलेना अब जस्टिनसँग सम्पर्क गर्ने मुडमा छैनन् । सेलेनाले मूभ अन गरिसकेकी छिन् । २०१९ बाट उनले नयाँ कामको सुरुवात गरेकी छिन् । अब उनी जस्टिनलाई पूर्ण रुपमा बिर्सन चाहन्छिन् । खबरहरुको अनुसार सेलेना जस्टिनको कल उठाइरहेकी छैनन् र उनलाई पुरा अभोएड गरिरहेकी छिन् ।
January 17, 2019 12:12 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग