Tuesday 17th March 2026

गोठमा भैंसीलाई घाँस हाल्न गएकी १२ वर्षीय बालिका लुकेर बसेका पुरुषबाट बलात्कृत

7 years अगाडी

बाजुरा, माघ । बाजुराको बुढीगंगा नगरपालिका वडा– ८ मा गएको पुस २७ गते एक १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय विद्यालयमा कक्षा–५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका बुढीगंगा नगरपालिका –८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापाले बालिकालाई बलात्कार गरेका थिए ।

बलात्कारको आरोपमा थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराले सार्वजनिक गरेको छ । थापाले आफूले बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ घटना ५ दिनअघिको भएपनि घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएका कारणले ढिला थाहा हुन गएको प्रहरीले जनाएको छ ।

          January 17, 2019 12:17 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...